हिमालीका बाढीपीडितलाई तत्काल पुनर्स्थापना गर्न माग

हिमालीका बाढीपीडितलाई तत्काल पुनर्स्थापना गर्न माग
सुन्नुहोस्

बाजुरा : बाजुराको हिमाली गाउँपालिकाले बिच्छ्याँ र कुवाडीका बाढीपीडितहरूलाई तत्काल पुनर्स्थापना गर्न संघ प्रदेश सरकारलाई अनुरोध गरेको छ। 

गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले बाढी पीडितहरूलाई पुनर्स्थापनाका लागि संघ, प्रदेश सरकार तथा विभिन्न निकायसँग अनुरोध गर्ने निर्णय गरेको पालिका अध्यक्ष गोविन्द मल्लले बताए। 

बाढीबाट ठूलो क्षति भएको भन्दै पीडितहरूलाई पुनर्स्थापनाका लागि अनुरोध गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले  बताए। मल्लले बाढीले घरजग्गा बगाएर घरबारविहीन भएकालाई पुनर्स्थापना र जोखिममा रहेकाहरूलाई तत्काल स्थानान्तरण गर्नु पर्ने बताए। त्यस्तै बाढीपीडितहरूलाई पुनर्स्थापनाका लागि सरकारसँगै विभिन्न संस्थाहरूलाई सहयोग गर्न अध्यक्ष मल्लले अनुरोध गरेका छन्। 

त्यस्तै, जिल्लाको सबैभन्दा विकट गाउँ बिच्छ्याँ र कुवाडीका बाढीपीडितहरूलाई राहत वितरण गरिएको छ। साउन २८ गते हिमाली गाउँपालिका-१ बिच्छ्याँ खोलामा आएको बाढीबाट प्रभावितहरूलाई पालिकाले राहत वितरण गरेको छ। बुधबार दिउँसो अविरल वर्षासँगै आएको बाढीका कारण बिच्छ्याँ र कुवाडीका पीडितहरूलाई हिमाली गाउँपालिकाले राहत सामग्री वितरण गरेको पालिका अध्यक्ष मल्लले बताए। 

अध्यक्ष मल्लका अनुसार बाढीबाट पूर्ण रूपमा क्षति भएका वडा नम्बर १ बिच्छ्याँका ८ र वडा नम्बर ५ कुवाडीका १६ परिवारलाई राहत वितरण गरिएको बताए। पीडितलाई तत्काल केही दिनका लागि राहत पुगोस् भन्ने उद्देश्यले पालिकाबाट त्रिपाल, भाँडाकुँडासहित खाद्यान्न सामग्री वितरण गरेको बताए। सोही बाढीले बिच्छ्याँका आइसिंह बोहरा र भीम बोहराका ७० वटा बाख्रा बगाएर बेपत्ता पारेको बताए। 

त्यसैगरी बाढीका कारण बिच्छ्याँमा ९ र कुवाडीमा ३२ गरी ४१ घर उच्च जोखिममा रहेका छन् भने उनीहरूलाई तत्काल सुरक्षित स्थानमा सार्नु पर्ने गरी पालिकाले पहल र समन्वय गरी रहेको बताएको छ। बिच्छ्याँ खोलामा आएको बाढीले बिच्छ्याँ र कुवाडीमा ठूलो मात्रामा भौतिक क्षतिसँगै रोपिएको धान खेती बगरमा परिणत गरेको पालिका अध्यक्ष मल्लले जानकारी दिए। मल्लका अनुसार हालसम्म खेतीयोग्य जमिन धेरै बगरमा परिणत भएकोले जग्गाको क्षतिको विवरण आउन समय लाग्ने बताए। 

बाढीपहिरोबाट दर्जन बढी सरकारी भवन समेत उच्च जोखिममा छन् भने वडा नम्बर ५ को कुवाडी जलविद्युतमा पूर्ण रूपमा क्षति भएको छ। अध्यक्ष मल्लले मुहानको डेम, पावरहाउस र ५ सय मिटर नहर बगाएको भन्दै अब १२ सय मिटर नहर बनाउनुपर्ने अवस्था भएको बताए। बाढीले जलविद्युत पूर्ण रुपमा क्षति गरेसँगै त्यहाँका १२ सय बढी घरधुरी अँध्यारोमा रहेका छन्। 

सोही दिनको बाढीले वडा नम्बर १ को वडा कार्यालय भवन, बिच्छाया माविको खेल मैदान, बिच्छाया स्वास्थ्य चौकी लगायतका सरकारी संरचनामा समेत क्षति पुगेको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बाढीबाट भएको क्षतिको एकिन विवरण आएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर राहत र पुनर्स्थापनाका लागि थप निर्णय गरिने बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.