अर्घाखाँचीमा रोपाइँजात्रा (फोटोफिचर)
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा रोपाइँ जात्रा पर्व मनाइएको छ। भगवान् श्रीकृष्णको जन्मदिनका अवसरमा मनाइने रोपाइँ जात्रामा पञ्चेबाजाको तालमा धान रोपे झैँ गरी छमछमी नाच्ने र गाउने गरिन्छ।
सन्धिखर्क १ शान्ति बगैचामा रहेको १०८ गणेश पाञ्चायन मन्दिर व्यवस्थापन समितिको आयोजनामा निकालिएको रोपाइँ जात्राले सन्धिखर्क र चुत्राबेसी बजार परिक्रमा गरेको थियो। रोपाइँ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजागाजाका साथ असारे वाली गीत गाउँदै र नाच्दै रमाइलो गरी मनाइने गरिन्छ।








प्रतिक्रिया दिनुहोस !