विराटनगरमा राधाकृष्ण रथयात्रा (फोटोफिचर)

विराटनगरमा राधाकृष्ण रथयात्रा (फोटोफिचर)
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा ५८ औं संस्करणको राधाकृष्ण रथयात्रा जारी छ। नेपालकै ठूलो र दक्षिण एसियाकै दोस्रो ठूलो दाबी गरिएको ऐतिहासिक रथयात्रा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट निकाल्ने गरिन्छ। 

विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ४ बजे रथ निकालिएको थियो। रथयात्राले विराटनगर बजारभित्रको ९ किलोमिटर दूरी तय गर्ने छ। रथको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका थिए। त्यसअघि उनले पूजापाठसमेत गरेका थिए। रथयात्रामा हजारौं भक्तजनहरू सहभागी छन्।  रथयात्राको अवलोकन गर्न र रथ तान्न पूर्वी नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन्। 

राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा विराटनगर बजार परिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ। नगर परिक्रमाका क्रममा रथलाई ४३ स्थानमा विश्राम दिइने छ। विगतको रथलाई केही परिमार्जन गरेर यसपटक फरक शैलीमा निर्माण गरिएको छ। यसपटक सबै जनाले देख्नेगरी रथ बनाइएको छ।

पेगोडा शैलीको रथको लम्बाइ १९ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ। रथभन्दा १ किलोमिटरसम्म विभिन्न किसिमका झाँकी, जातजातिका नृत्य, भजन मण्डलीलगायत रहेका छन्। रथयात्रा सुरु हुनसाथ नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो। 
रथयात्रामा अवाञ्छित एवं शंकास्पद गतिविधि गर्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रथयात्रालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ। 

nullnullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.