इटलीकी ओउमायमा कोडिएलले काठमाडौंबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

इटलीकी ओउमायमा कोडिएलले काठमाडौंबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने
सुन्नुहोस्

काठमाडौं : वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि)का लागि काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओउमाया किएडललाई अनुबन्ध गरेको छ। 

काठमाडौं स्पाइकर्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा मिडल ब्लकर/अपोजिट ओउमायालाई अनुबन्ध गरेको घोषणा गरेको छ। 

काठमाडौं स्पाइकर्सले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना अलेना कोलोतीजिनालाई अनुबन्ध गरिसकेको छ।

तीन फरक पोजिसनका खेलाडीलाई अनुबन्ध गर्दै काठमाडौं स्पाइकर्सले आफ्नो टिमको सन्तुलन बलियो बनाएको छ। पहिलो सिजनमा काठमाडौंबाट टर्कीए र बुल्गेरियका विदेशी खेलाडीले खेलेका थिए।

एक दशकभन्दा लामो समयको अनुभव रहेको ओउमायमा कोडिएलले विशेषगरी मिडल ब्लकरको रुपमा खेल्दै आएकी छन्। उनी अपोजिट हिटरमा पनि खेल्न सक्छिन्। स्लाइड अट्याकमा उनको विशेष दखल रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.