के ट्रम्पले युक्रेनलाई 'सुरक्षा ग्यारेन्टी' दिन तयार भएका हुन्?
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँगको युद्ध समाप्त भएपछि युक्रेनलाई 'सुरक्षा ग्यारेन्टी' दिन सहयोग गर्नसक्ने बताएका छन्।
यसअघि अमेरिका यस्ता प्रतिवद्धताबाट टाढा रहँदै आएको थियो। तर, सोमबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको छलफलमा ट्रम्पले सुरक्षा ग्यारेन्टीको प्रतिवद्धता गरेका हुन्। उनले रुससँगको युद्ध समाप्तिपछि युरोपेली देशहरूले ‘अमेरिकाको सहयोगमा’ सुरक्षा ग्यारेन्टी प्रदान गर्नसक्ने बताए।
'अमेरिका युरोपलाई सहयोग गर्नेछ ताकि युक्रेनको सुरक्षा सुनिश्चित गर्न सकियोस्,' ट्रम्पले भने। सुरक्षा ग्यारेन्टीहरू कस्ता हुनेछन् भन्ने विषयमा केही खुलाइएको छैन।
रूस यस विषमा सहमति जनाएका छन् कि सुरक्षा ग्यारेन्टीहरू नेटोको अनुच्छेद ५ बराबर हुनेछन्। अर्थात्, नेटोको कुनै एक सदस्यमाथि आक्रमण भएमा सबै सदस्यमाथि आक्रमण भएको मानिने राष्ट्रपति ट्रम्पका विशेष दूत स्टीव विटकफले सीएनएनलाई बताएका छन्।
ट्रम्पले भने यस विषयमा कुनै छलफल नभएको बताएका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीका अनुार युक्रेनका लागि सुरक्षा ग्यारेन्टी १० दिनभित्र औपचारिक रूपमा तय गरिनेछ। यी ग्यारेन्टीहरूमा ९० अर्ब डलर बराबरका अमेरिकी हतियारहरूको खरिद पनि समावेश रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !