युक्रेनलाई 'सुरक्षा ग्यारेन्टी' दिन युरोपेली मुलुक तयार, बेलायती सेना प्रमुख उडे अमेरिका

युक्रेनलाई 'सुरक्षा ग्यारेन्टी' दिन युरोपेली मुलुक तयार, बेलायती सेना प्रमुख उडे अमेरिका
सुन्नुहोस्

काठमाडौं : बेलायतका सेना प्रमुख अमेरिका भ्रमणमा जाँदैछन्। युक्रेनका लागि 'सुरक्षा ग्यारेन्टी'हरूबारे विस्तृत वार्तामा सहभागी हुन् उनी अमेरिका जान लागेका हुन्। 

प्रधानमन्त्री किअर स्टार्मरले रक्षा प्रमुख सर टोनी राडाकिनलाई शान्ति सम्झौता भएमा युक्रेनको सुरक्षाका लागि आवश्यक उपायहरू विस्तृत रूपमा तयार गर्न निर्देशन दिएका छन्।

यसैबीच प्रधानमन्त्री स्टार्मरले 'गठबन्धन राष्ट्रहरू'को भर्चुअल बैठकको अध्यक्षता गर्ने भएका छन्। अमेरिकामा हुने छलफलको परिणामबारे उक्त बैठकमा जानकारी दिइने र आगामी कदमहरूबारे छलफल गरिने बीबीसीले जनाएको छ।

गठबन्धनमा बेलायत, फ्रान्स र जर्मनीलगायत देशहरू छन्। उनीहरूले युक्रेनमा शान्ति स्थापनापछि त्यसको रक्षा गर्ने प्रतिबद्धता जनाएका छन्। जर्मन चान्सलर फ्रेडरिक मर्जका अनुसार बैठकमा सुरक्षा ग्यारेन्टीबारे छलफल हुनेछ। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क पनि बैठकमा सहभागी हुने बताइएको छ।

यसैबीच रुसी पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले सामाजिक सञ्जालमार्फत उक्त गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.