भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता
सुन्नुहोस्

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। मंगलबार भएको भेटमा चिनियाँ विदेशमन्त्री यीले प्रधानमन्त्री मोदीलाई चीन भ्रमणको औपचारिक निम्तो दिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

प्रधानमन्त्री मोदीलाई चीनको तियानजिनमा हुने शाङ्घाइ सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुन निम्तो दिइएको हो। भेटका क्रममा विदेशमन्त्री यीले चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश पनि प्रधानमन्त्री मोदीलाई सुनाएका थिए। 

प्रधानमन्त्री मोदीले राष्ट्रपति सीलाई निमन्त्रणाका लागि धन्यवाद दिँदै आफ्नो सहमति जनाएका थिए। भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा भनेका छन्, 'विदेशमन्त्री वाङ यीसँग भेट्दा खुसी लाग्यो। गत वर्ष कजानमा राष्ट्रपति सीसँग भएको भेटपछि भारत-चीन सम्बन्ध आपसी हित र संवेदनशील मुद्दाको सम्मान गर्दै निरन्तर अघि बढिरहेको छ। म तियानजिनमा हुने शिखर सम्मेलनमा हाम्रो अर्को भेटको प्रतीक्षा गरिरहेको छु।'

भारत-चीनबीचको मजबुत र सकारात्मक सम्बन्धले केवल क्षेत्रीय स्तरमा मात्र नभइ, विश्वव्यापी शान्ति र विकासलाई पनि बलियो बनाउन योगदान दिने मोदीको विश्वास छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.