करेन्ट लागेर एक युवकको मृत्यु
झापा : झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका–३ खानपानीका उज्ज्वल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारेमा अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !