प्रहरीले चेकिङमा रोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

प्रहरीले चेकिङमा रोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपलिका– ४ दुधफारम चोकमा प्रहरीले चेकजाँचका लागि रोकेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुधबार राति करिब साढे ८ बजे कोशी राजमार्गको दुधफारम चोकमा दुर्घटना हुँदा सुनसरीको बर्जु गाउँपालिका– ६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो ।

विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्र्कलाई प्रहरीले रोकेर चेक जाँच गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल पछाडि ठोक्किएर दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक चौधरी गम्भीर घाइते भएका थिए । उनको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि ट्रक र चालक मोरङ बूढीगंगा गाउँपालिका – १ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.