उत्तर कोरियाका लागि तीन चरणको आणविक निःशस्त्रीकरण योजना घोषणा
काठमाडौं : दक्षिण कोरियाली राष्ट्रपति यी जे मेङले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका लागि तीन चरणको योजना अपनाउने बताएका छन्। उनले अमेरिकासँगको घनिष्ठ गठबन्धनका आधारमा संवादमार्फत प्योङयाङसँग काम गर्ने बताए।
जापानका प्रधानमन्त्री शिगेरु इशिबासँगको शिखर वार्ताका लागि टोकियो भ्रमण गर्नुअघि एक अखबारसँगको अन्तर्वार्तामा राष्ट्रपति यीले पहिलो चरणको लक्ष्य उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रम स्थगित गर्नु रहेको बताए। उनका अनुसार दोस्रो र तेस्रो चरणहरूले आणविक कार्यक्रमलाई पूर्ण रूपमा घटाउने र ध्वस्त पार्ने लक्ष्य राख्छ।
प्रतिक्रिया दिनुहोस !