रूसी राष्ट्रपति पुटिन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

रूसी राष्ट्रपति पुटिन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : भारतीय विदेशमन्त्री डा. एस जयशंकरले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लावरोफसँग भेटवार्ता गरेका छन्। रुस भ्रमणमा रहेका जयशंकरले बिहीबार उनीहरूसँग भेटवार्ता गरेका हुन्।

भेटमा दुई देशबीच व्यापार, लगानी, ऊर्जा, मल, स्वास्थ्य, सीप तथा श्रमिक गतिशीलता, रक्षालगायतका विषयमा छलफल भएको एजेन्सीहरूले उल्लेख गरेका छन्।

विदेश मन्त्री जयशंकरले भेटवार्तामा द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको बताए।  'हामीले युक्रेन, युरोप, इरान, पश्चिम एशिया, अफगानिस्तान र भारतीय उपमहाद्वीपसम्बन्धी आफ्ना धारणा आदानप्रदान गरेका छौं। त्यस्तै, संयुक्त राष्ट्रसंघ, जी-२०, एससीओ र ब्रिक्समा आपसी सहयोगबारे पनि चर्चा भएको छ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.