जनप्रतिनिधिको लोभलाग्दो ड्र्यागन खेती

जनप्रतिनिधिको लोभलाग्दो ड्र्यागन खेती
ड्र्यागन खेतीमा वडासदस्य शंकर पोख्रेल । तस्बिर : केशरराज क्षेत्री
सुन्नुहोस्

बुटवल : झिमरुक गाउँपालिका–१ वडाचौर प्यूठानका शंकर पोख्रेल वडासदस्य हुन् । दिउँसोभर जनताको काममा व्यस्त हुन्छन् । वडा कार्यालयदेखि गाउँपालिका कार्यालयसम्म आउजाउ गर्दा समय बित्छ । नागरिकका पीडा बुझ्न घरघरै पुग्छन् । उनको वडा छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीसँग जोडिएको वडा हो । 

बिहान, बेलुकाबाहेकको समय पोख्रेललाई बारीमा लगाएका ड्रागनको हेरचाह गर्न भ्याइनभ्याइ हुन्छ । अहिले बारीमा चार सय ड्र्यागनका बोटहरू छन् । २०७८ सालको कोरोनामा भएको लकडाउनको बेला सुरु गरेको उनको यो व्यावसायिक खेतीले अहिले फराकिलो बाटो समाएको छ । 
यसैमा उनले देख्नुसम्मको भविष्य देखेका छन् । 

‘गर्न सके गाउँमै राम्रो सम्भावना हुँदो रहेछ’, पोख्रेल भन्छन्, ‘हाम्रो गाउँ १ हजार ४ सय मिटर उचाइमा छ । गाउँमै ड्र्यागन खेती गर्ने म पहिलो व्यक्ति हुँ । हुँदैन कि भन्ने डर थियो । गर्दै जाँदा राम्रो नतिजा आयो ।’ उनी यो खेतीलाई यत्तिकैमा राख्ने सोंचमा छैनन् । यसै वर्ष चार हजार बिरुवा थप्ने योजना बनाएका छन् । प्यूठानकै सरुमारानी गाउँपालिकाको दरभानबाट बिरुवा लिएर उनले गाउँमा ड्र्यागन खेती थालेका हुन् । उनकी श्रीमती माया पन्थी 
गाउँकै बालुवा अम्मर प्राविकी प्रधानाध्यापक हुन् ।

श्रीमती स्थायी शिक्षक आफू जनप्रतिनिधि भएकाले दिउँसोभर काम गर्न समयले त्यति साथ दि“दैन् । तर, बिहान र बेलुकाको समय उनीहरूलाई ड्र्यागनका बिरुवाहरूको हेरचाह गर्न भ्याइनभ्याइ हुन्छ । बिहान, बेलुकाको कामले पनि राम्रै प्रतिफल दिएको पोख्रेलले सुनाए । ड्र्यागन नलगाउँदा हलेँदो र अदुवा खेती गरेको बताउँदै उनले अहिले यसैबाट लाखौं आम्दानी गर्न सकिएको समेत अनुभव बताए । ‘सुरुमा तीन लाख रुपैयाँको लगानीबाट खेती सुरु गरेको हुँ’,उनी भन्छन्, ‘यसैवर्ष मात्र तीन लाख रुपैयाँ जति आम्दानी भयो ।’ 

अदुवा र हलेँदो खेती गरेर पनि पोख्रेल दम्पतीले वार्षिक एक/डेढ लाख रुपैयाँ आम्दानी गर्दै आइरहेका थिए । तर, त्यसले भन्दा ड्र्यागनले उनीहरूलाई सोँचेभन्दा पनि राम्रो प्रतिफल दिइरहेको छ । 

४० वर्षीय पोख्रेलको यो सफलताले गाउँका अरू युवाहरूलाई हौसला दिएको छ । मेहनत गर्नसके गाउँमै राम्रो सम्भावना छ भन्ने कुराको उनी उदाहरणीय पात्र बनेका छन् । रातो सी भेराइटीको ड्र्यागन उत्पादन हुनमात्र पर्छ, बजारको समस्या पर्दैन ।

जिल्लाको प्रमुख बजार बाग्दुला, छिमेकी जिल्ला गुल्मीको पुर्कोटदह, अर्घाखाँची सन्धिखर्कसहित बुटवलमा बिक्रीका लागि पठाउँछन् । गाउँबाटै ती सहरमा गाडी जान्छन् । ड्र्यागन फूलेको करिब ४० दिनमा खान तयार हुने पोख्रेलले बताए । प्रतिकिलो ३ सय ५० रुपैयाँमा उनले बिक्री गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.