लुम्बिनी लाभाजमा रसियन जुवरेभ

लुम्बिनी लाभाजमा रसियन जुवरेभ
सुन्नुहोस्

काठमाडौं : एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोली लुम्बिनी लाभाजले रसियन खेलाडी भेरोनिका जुवरेभलाई अनुबन्धन गरेको छ । नेपाल भलिबल संघको सहकार्यमा इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गर्न लागेको प्रतियोगितामा लुम्बिनी लाभाजले रसियाकी आउटसाइड हिटर जुवरेभलाई दोस्रो संस्करणका लागि अनुबन्धन गरेको हो ।

जुवरेभ मिडल ब्लकर पोजिसनमा बलियो उपस्थिति जनाउने खेलाडीका रूपमा चिनिन्छिन् । उनले रसियाको विभिन्न शीर्ष लिग र क्लबहरूबाट खेल्दै आएकी छन् । बलियो ब्लकिङ, तीव्र प्रतिक्रिया क्षमता र नेट अगाडि निर्णायक अंक दिलाउने उनको कौशलता टिमका लागि महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको लुम्बिनीले जनाएको छ ।

लुम्बिनी लाभाजलाई अझै सशक्त बनाउन अन्य दुई विदेशी खेलाडीको नाम केही दिनमा नै सार्वजनिक गरिने टिम म्यानेजर स्तुति निरौलाले जानकारी दिइन् । विदेशी खेलाडीको सहभागिताले टोलीलाई थप सशक्त बनाउने म्यानेजर निरौलाले विश्वास ब्यक्त गरेकी छन् । यसअघि सम्पन्न अक्सनमार्फत टोलीले नेपाली महिला भलिबल टोलीकी कप्तान अरुण शाहीसहित कमला विष्ट, अलिशा मानन्धर, शान्तीकला तामाङ, अनुषा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई अनुबन्ध गरिसकेको छ । खेलाडीहरू अहिले प्रशिक्षणमा रहेको जनाइएको छ । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुँदैछ । 

भैरहवामा ट्रफी टुर र ट्यालेन्ट हन्ट 
लुम्बिनी लाभाजले प्रतियोगिताको ट्रफी टुर र ट्यालेन्ट हन्ट भैरहवामा सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टोली लुम्बिनी लाभाजले सोमबार रुपन्देहीको भैरहवामा ट्रफी टुर र ट्यालेन्ट हन्ट आयोजना गर्न लागेको हो ।

लुम्बिनी लाभाजका अनुसार मायादेवी मन्दिर परिसरमा ट्रफी अनावरण गरी लुम्बिनी प्रदेशका विभिन्न स्थानमा परिक्रमा गराइनेछ । ट्रफी टुर र ट्यालेन्ट हन्टको उद्देश्य प्रदेशभित्र भलिबल खेलप्रतिको जनचासो र स्थानीय समुदायसँगको सम्बन्ध विस्तार गर्नु रहेको क्लबले जनाएको छ । ट्यालेन्ट हन्ट कार्यक्रमबाट लुम्बिनी प्रदेशका प्रतिभावान र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले लुम्बिनी लाभाज टोलीमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

टिम व्यवस्थापकका अनुसार ट्यालेन्ट हन्टमार्फत छनोट भएका खेलाडीलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगितामा अवसर प्रदान गरिने लक्ष्य राखिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.