यमनमा इजरायली वायुसेनाको आक्रमण, कम्तीमा दुई जनाको मृत्यु

यमनमा इजरायली वायुसेनाको आक्रमण, कम्तीमा दुई जनाको मृत्यु
सुन्नुहोस्

इजरायल : इजरायली वायुसेनाले आइतबार यमनको हुती विद्रोही नियन्त्रणमा रहेको राजधानी सानामा हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो आक्रमण इरान समर्थित हुती समूहले इजरायलमाथि बारम्बार आक्रमण गर्दै आएको प्रतिक्रियामा गरिएको इजरायलले बताएको छ।

यसअघि शुक्रबार राति यमनबाट प्रक्षेपण गरिएको एक ब्यालेस्टिक मिसाइलको अनुसन्धानमा इजरायली सेनाले पहिलो पटक हुतीहरूले क्लस्टर बम वॉरहेडसहितको क्षेप्यास्त्र प्रयोग गरेको पुष्टि गरेको थियो।

आइतबारको आक्रमणबारे इजरायल डिफेन्स फोर्सेजले सार्वजनिक गरेको वक्तव्य अनुसार राष्ट्रपतिको महल रहेको सैन्य परिसर, एक इन्धन भण्डार र दुईवटा विद्युत् स्टेशनमा आक्रमण गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.