लागुऔषध सप्लाइ गर्न भारतबाट नेपाल आएका दुईजना पक्राउ

लागुऔषध सप्लाइ गर्न भारतबाट नेपाल आएका दुईजना पक्राउ
फाइल तस्बिर।
सुन्नुहोस्

विराटनगर : विराटनगरबाट १ सय ४७ ग्राम लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बरामद भएको ब्राउन सुगर ठूलो परिमाणको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले नेपालमा खैरो हेरोइन ‘सप्लाई’गर्न आएका भारत कटिहार शिवानापुर–४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र कटिहारकै खरसोता–५ का ३२ वर्षीय बमकिम कर्मकारलाई पक्राउ गरिएको बताइन् ।

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले दुवैजनालाई आइतबार साँझ पक्राउ गरेको हो । डीएसपी चुँडालका अनुसार विराटनगर महानगरपालिका–१५ मण्ठापोखरी मन्दिर अगाडि सार्वजनिक सडक खण्डमा शंकास्पद रूपमा गफगाफ गरिरहेका बेला दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो ।

चेकजाँचका क्रममा मोहम्मद सद्दाम हुसेनले बोकेको ब्यागभित्र रहेको पाइन्टको गोजीमा लुकाएर राखिएको अवस्थामा १ सय ४७ ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीको भनाइ छ । 

इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएका दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । नेपालमा लागुऔषध ‘सप्लाइ’ गर्न आएका उनीहरूमाथि इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.