भारततर्फ लैजाँदै गरेको करिब ४८ लाख मूल्य बराबरको ‘इलेक्ट्रिक चुरोट’बरामद

भारततर्फ लैजाँदै गरेको करिब ४८ लाख मूल्य बराबरको ‘इलेक्ट्रिक चुरोट’बरामद
सशस्त्र प्रहरीले बरामद गरेको अवैध सामान । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गुलरिया : सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट (बिओपी)शक्तिपुर बर्दियाले मध्यरातमा भारततर्फ लैजाँदै गरेको अवैध चाइनिज इलेक्ट्रिक भेप बरामद गरेको छ । सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले करिब ४८ लाख ५ हजार मुल्य बराबरको ‘स्पेसम्यान एसपी ४००००’ मोडलको भेप इलेक्ट्रिक चुरोट नियन्त्रणमा लिएको हो ।

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ५ गाउँ नम्बर १० स्थित फुलाराम चोकको बाटोहुँदै मध्यरातमा नेपालबाट अवैधरुपमा भारततर्फ लैजाँदै गरेको इलेक्ट्रिक भेप नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण हेडक्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए ।  साइकलमा जाँदै गरेका तस्करहरू सशस्त्र प्रहरी देख्नासाथ सामान छोडेर भारततर्फ भागेको सशस्त्र प्रहरी बलले जनाएको छ।

रितपूर्वक बरामद गरिएको अन्दाजी ४८ लाख मुल्य बराबरको भेप र ५ हजार मुल्य बराबरको दुईवटा साइकल छोटी भन्सार कार्यालय गुलरियामा बुझाउने तयारी भइरहेको एसपी शाहीले बताए ।

चाइनिज इलेक्ट्रिक चुरोट नेपालमा अवैध मानिन्छ । भारतमा यसको मुल्य महँगो पर्ने भएकाले भारततर्फ तस्करी हुने गरेको एसपी शाहीले बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.