आगलागीबाट ३ पसल जले, ८ लाख बराबरको क्षति
विराटनगर : मोरङको रतुवामाई नगरपालिका–६ सौँठा चोकमा आगलागी हुँदा ३ वटा पसल जलेका छन्। सोमबार बिहान ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट टीका खनालले सञ्चालन गर्दै आएको चिया पसल, सूर्यमान श्रेष्ठको चस्मा पसल र किराना पसलमा क्षति पुगेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस !