फेडरल रिजर्भ गभर्नर लिसा कुकलाई बर्खास्त गर्न ट्रम्पको आदेश

फेडरल रिजर्भ गभर्नर लिसा कुकलाई बर्खास्त गर्न ट्रम्पको आदेश
सुन्नुहोस्

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ (केन्द्रीय बैंक)की गभर्नर लिसा कुकलाई पदबाट हटाउने आदेश दिएका छन्।

ट्रम्पले आरोप लगाएअनुसार कुकले मोर्टगेज (घरजग्गा सम्बन्धी ऋण) का कागजातहरूमा गलत जानकारी दिएकी थिइन्। संविधानअनुसार राष्ट्रपतिसँग यस्तो कदम चाल्ने अधिकार रहेको बताएका छन्। तर, कुकले उक्त निर्णयलाई अवैध भएको बताएकी छन्। राष्ट्रपतिसँग आफूलाई बर्खास्त गर्ने अधिकार नभएको भन्दै उनले राजीनामा दिन अस्वीकार गरेकी छन्। 

अमेरिकामा पहिलोपटक राष्ट्रपतिले फेडरल रिजर्भका कुनै गभर्नरलाई हटाउने प्रयास गरेका छन्। यसले केन्द्रीय बैंकको स्वतन्त्रता र राष्ट्रपतिको अधिकारसम्बन्धी ठूलो बहस खडा गरेको विश्लेषकहरूले बताएका छन्।

लिसा कुक, जेरोम पावेल र बोर्डका अधिकांश सदस्यहरूले जुलाईको अन्त्यमा बसेको पछिल्लो बैठकमा अमेरिकी ब्याज दरहरू यथावत् राख्ने पक्षमा मतदान गरेका थिए।

ट्रम्पले निरन्तर रूपमा केन्द्रीय बैंकलाई ब्याज दर घटाउन दबाब दिँदै आएका छन्, जसले विवादास्पद परिस्थिति सिर्जना गरेको छ।

लिसा कुकलाई २०२२ मा पूर्वराष्ट्रपति जो बाइडेनले नियुक्त गरेका थिए। उनी फेडरल रिजर्भको बोर्डमा सेवा गर्ने पहिलो अफ्रिकी-अमेरिकी महिला हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.