फ्रान्समा राजनीतिक संकट : बायरू सरकार अपदस्थ हुने आशंका

फ्रान्समा राजनीतिक संकट : बायरू सरकार अपदस्थ हुने आशंका
सुन्नुहोस्

काठमाडौं : फ्रान्समा प्रधानमन्त्री फ्रान्कोइस बायरूको अल्पमत सरकार अपदस्थ हुनसक्ने सम्भावना बढ्दै गएपछि नयाँ राजनीतिक सङ्कटको चिन्ता बढेको छ। अर्को महिना संसद्मा हुने विश्वास मतअघि सत्ता पक्षमाथि ठूलो दबाब देखिएको छ।

प्रधानमन्त्री बायरूले सोमबार राष्ट्रपति इमानुएल म्याक्रोनलाई सेप्टेम्बर ८ मा संसद्को सत्र बोलाउन आग्रह गरेको बताएका थिए। उनलाई बढ्दो सार्वजनिक ऋण कटौतीका लागि संसदीय समर्थन आवश्यक छ। तर, दक्षिणपन्थीदेखि कट्टर वामपन्थीसम्मका दलहरूले बजेट कटौतीलाई समर्थन नगर्ने बताएका छन्।

सेप्टेम्बर १० मा तोकिएको विरोध प्रदर्शन र अतिदक्षिणपन्थी नेतृ मरिन ले पेनद्वारा संसद् विघटनको आह्वानले राजनीतिक अस्थिरता थप बढाएको छ। मङ्गलबार फ्रान्स अनबोड पार्टीका प्रमुख जिनलुक मेलेनचोनले बायरू असफल भए म्याक्रोनले नै राजीनामा दिनुपर्ने दबाब दिए।

सन् २०२७ मा म्याक्रोनको दोस्रो कार्यकाल समाप्त हुने भएकाले राजनीतिक प्रतिस्पर्धा तीव्र बनेको छ। म्याक्रोनले कार्यकाल पूरा गर्ने दाबी गरे पनि बायरूको सरकार अस्वीकार भयो भने नयाँ प्रधानमन्त्री खोज्नुपर्ने अवस्था आउनेछ। यसले बाँकी दुई वर्षमा राष्ट्रपतिको जनादेशमा ठूलो प्रभाव पार्ने आकलन गरिएको छ।

बायरूले सन् २०२६ जुलाईमा सार्वजनिक खर्च कटौतीसहित करिब ४४ अर्ब युरो बचत गर्ने योजना प्रस्तुत गरेका थिए। तर, यी कदमहरू अलोकप्रिय भएका छन्। विशेषज्ञहरूका अनुसार बायरूले विश्वास मतमा जाने निर्णय आफ्नो राजनीतिक भविष्यलाई नै जोखिममा राख्ने कदम हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.