जापानमा ८३ वर्ष पुरानो मानव अवशेष फेला, दोस्रो विश्वयुद्धमा मारिएका कोरियाली मजदुरको हुनसक्ने आशंका

जापानमा ८३ वर्ष पुरानो मानव अवशेष फेला, दोस्रो विश्वयुद्धमा मारिएका कोरियाली मजदुरको हुनसक्ने आशंका
सुन्नुहोस्

काठमाडौं : जापानको पश्चिमी यामागुची प्रान्तस्थित युद्धकालीन चोसेई खानीको स्थलमा फेला परेका हड्डीहरू मानव अवशेष भएको पुष्टि भएको छ। स्थानीय प्रहरीले बुधबार जानकारी दिँदै फेला परेका तीनवटा हड्डी र एउटा खोपडी मानव अवशेष नै भएको बताएको हो।

जापानी नागरिक समूह ‘किजामु काई’का अनुसार ती अवशेष सन् १९४२ मा खानीमा भएको एउटा दुर्घटनामा मृत्यु भएका करिब १८० जना जबर्जस्ती श्रममा लगाइएका कोरियाली मजदुरका हुन सक्ने अनुमान गरिएको छ। ती अवशेषहरू हालै कोरियाली गोताखोरहरूको सहयोगमा समुद्र तलबाट फेला पारिएको हो।

प्रहरीले ती अवशेष एउटै व्यक्तिका हुन् कि होइनन् वा ती व्यक्तिको उमेर वा मृत्युको समय निर्धारण गर्न नसकिएको बताएको छ। यस विषयमा अझै अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

उक्त खोज केही दिनअघि टोकियोमा जापानी प्रधानमन्त्री शिगेरु इशिबा र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच सम्पन्न भएको शिखर सम्मेलनपछिको हो। सम्मेलनमा दुई देशबीचको ऐतिहासिक मतभेदलाई पन्छाउँदै सुरक्षा तथा व्यापारजस्ता महत्वपूर्ण क्षेत्रहरूमा सहकार्य बढाउने प्रतिबद्धता जनाइएको थियो।

चोसेई खानी सन् १९१४ मा सञ्चालनमा आएको हो। तरऽ सन् १९४२ को फेब्रुअरीमा खानीको छत भत्किएपछि पसेको पानीले गर्दा १८३ कामदारको ज्यान गएको थियो। घटनापछि लामो समयसम्म खानी स्थल उपेक्षित रहँदै आएको थियो। सन् १९९१ मा नागरिक समूहहरूको पहलमा स्मारक निर्माण र संरक्षण कार्य सुरु भएपछि मात्र घटनाबारे पुनः चासो देखिएको हो।

इतिहासकारहरूका अनुसार दोस्रो विश्वयुद्धअघि र युद्धको समयमा जापानले लाखौं कोरियाली नागरिकलाई जबरजस्ती खानी र कारखानामा श्रम गर्न लगाएको थियो। धेरैजसो जापानी पुरुषहरू मोर्चामा खटाइएकाले श्रमिकको अभाव पूर्ति गर्न कोरियालीहरू प्रयोग गरिएको बताइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.