जापानविरुद्धको भिक्ट्री परेडमा ओली, पुटिन र किमसहित २६ देशका शीर्ष नेताहरू सहभागी हुँदै

जापानविरुद्धको भिक्ट्री परेडमा ओली, पुटिन र किमसहित २६ देशका शीर्ष नेताहरू सहभागी हुँदै
सुन्नुहोस्

काठमाडौं : जापानविरुद्धको भिक्ट्री परेडमा २६ देशका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। राष्ट्रपति सी जिङपिङको निमन्त्रणामा चीनको बेइजिङमा सेप्टेम्बर ३ मा आयोजना हुने भिक्ट्री परेडमा नेपालसहित २६ देशका कार्यकारी प्रमुख तथा नेताहरू उपस्थित हुने समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

चिनियाँ सहायक विदेशमन्त्री होङ लेईका अनुसार सेप्टेम्बर ३ मा भव्य सैन्य परेडसहित कार्यक्रम आयोजना गरिँदैछ। यस कार्यक्रममार्फत जापानी आक्रमणविरुद्धको चीनको जनयुद्ध तथा विश्व फासिवादविरोधी युद्धमा विजय हासिल भएको ८० वर्ष पूरा भएको दिनलाई स्मरण गरिनेछ।

लेईका अनुसार भिक्ट्री परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उन, क्याम्बोडियाका राजा नोरोडोम सिहामोनी, भियतनामी राष्ट्रपति लुयोन कुओङ, लाओसका राष्ट्रपति थोंगलुन सिसौलिथ, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबिआन्तो, मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिम, मंगोलियाली राष्ट्रपति उखना खुरेलसुख, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली छन्।

त्यस्तै माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, काजाकस्तानका राष्ट्रपति कसिम-जोमार्त टोकेयेभ, उजबेकिस्तानका राष्ट्रपति शवकत मिर्जियोएभ, ताजिक राष्ट्रपति एमोमाली रहमोन, किर्गिज राष्ट्रपति सादिर जापारोभ, तुर्कमेनिस्तानका राष्ट्रपति सेर्दार बेरदिमुहामेदोभ, बेलारुसका राष्ट्रपति अलेक्जान्दर लुकासेन्को, अजरबैजानका राष्ट्रपति इल्हाम अलीएभ, आर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यान, इरानी राष्ट्रपति मसाउद पेजेश्कियन, कङ्गोका राष्ट्रपति डेनिस सासो न्गुएसो, जिम्बावेका राष्ट्रपति इमरसन मनाङगाग्वा, सर्बियाली राष्ट्रपति अलेक्जान्दर भुचिच, स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको, क्युबाली राष्ट्रपति मिगेल डियाज-कानेल तथा म्यानमारका कार्यवाहक राष्ट्रपति मिन आङ ह्लाइङ भिक्ट्री परेडमा सहभागी हुँदैछन्।

यससँगै विभिन्न देशका संसद प्रमुख, उपप्रधानमन्त्री, उच्च तहका प्रतिनिधि, अन्तर्राष्ट्रिय संस्थाका प्रमुख तथा पूर्व राजनीतिज्ञहरूलाई समेत चीन सरकारले विजय दिवसको समारोहमा सहभागी हुन निमन्त्रण दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.