नहरमा भेटियो महिलाको शव

नहरमा भेटियो महिलाको शव
महिलाको शव फेला परेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : मोरङको बुढीगंगामा नहरले बगाउँदै गरेको अवस्थामा महिलाको शव भेटिएको छ । बुढीगंगा गाउँपालिका–७ मा शुक्रबार बिहान करिब ८:३० बजेतिर शव फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरले बगाएर ल्याइरहेको अवस्थामा अन्दाजी ३०–३२ वर्षीया महिलाको शव भेटिएको हो । तर, मृतकको पहिचान खुल्न सकिरहेको छैन । 

मृतक स्थानीय नभएर कतै टाढाबाट नरहले बगाएर ल्याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । महिलालाई नहरले बगाएर ल्याइरहेको जानकारी पाउनसाथ प्रहरी चौकी कोयलपुरबाट टोली खटिएको थियो । घटनास्थल पुगेको प्रहरी टोलीले पानीबाट बाहिर निकालेर हेर्दा महिलाको मृत्यु भइसकेको अवस्थामा शव रहेको चुँडालको भनाइ छ । 

मृतकको पहिचानका लागि सबैतिर हुलिया परिपत्र गरिसकिएको उनले बताइन् । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । महिलाको मृत्यु दुर्घटनामा परेर भएको हो कि मृत्युको अरु कुनै कारण छ भन्ने विषय थप अनुसन्धानबाट मात्रै यकिन हुने डीएसपी चुँडालको भनाइ छ ।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.