सरकार र उखु किसानबीच वार्ता हुँदै
काठमाडौं : सरकार र आन्दोलनरत उखु किसानबीच वार्ता हुने भएको छ। सिंहदरवारमा शुक्रबार ४ बजे कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र पीडित उखु किसानबीच वार्ता हुन लागेको हो।
पीडित उखु किसानहरू काठमाडौं केन्द्रित आन्दोलन सकाएर सरकारसँग वार्तामा बस्न लागेको हो। किसान नेता महाशंकर थिङले सात दिने आन्दोलन आजदेखि सकिएको बताए।
'सरकार हाम्रो मागप्रति लचकता देखाएन शनिबार अर्को चरणको आन्दोलन सुरू गर्छौं,' उनले भने। अर्को आन्दोलन तराई केन्द्रित हुने बताइएको छ उखुमा प्रति क्विन्टल ७० रुपैयाँ अनुदानको मागसहित उनीहरू आन्दोलित छन्।
प्रतिक्रिया दिनुहोस !