‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन

‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन
सुन्नुहोस्

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शुक्रबार भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करणको उद्घाटन गरेका छन्।

मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, तथा एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इंडियाले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीको सहयोगी संस्था नेपाल विद्युत प्राधिकरण तथा नेपाल सौर्य विद्युत उत्पादक संघ रहेका छन्।

स्वदेशी तथा विदेशी कम्पनीहरूका १०० भन्दा बढी स्टलहरू रहको प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस्, हाउस वायरिङका सामग्री, तार, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ स्टेशन, ब्याट्री, कार्यालयमा प्रयोग हुने विद्युतीय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहेको छ।

उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै मन्त्री भण्डारीले नेपालमा उत्पादित विद्युत तथा विद्युतीय सामग्रीहरूको निर्यातमा अपार सम्भावना रहेको कुरामा जोड दिए। भण्डारीले प्रदर्शनीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरूको सहभागिता देख्दा नेपालमा पनि ऊर्जा तथा ऊर्जासँग सम्बन्धित उत्पादनहरूको सम्भावना निकै राम्रो रहेको बताए।

विद्युतीय उपकरणहरूलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गरिएको हो। बडा दशैंको केही हप्ताअघि आयोजना हुन लागेको यस प्रदर्शनीमा ग्राहकहरूले सहज तथा सुलभ रूपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका सामानहरू खरिद गर्न सक्ने छन्।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा ल्याएर व्यावसायिक प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे सन्देश फैलाउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको छ।

नेपाल इलेक्ट्रिक, पावर, लाइटस् तथा कन्जुमर इलेक्ट्रोनीक्स एण्ड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा नेपालमा विद्युत, विद्युतीय उपकरण, घरायसी रूपमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा ऊर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्नेछ।
 
विभिन्न विद्युतीय माध्यमहरूको प्रयोगमा वृद्धि गरी मुलुकमा बढ्दो जल विद्युतको उत्पादनको खपतमा वृद्धि गर्दै देशलाई आर्थिक रूपमा सबलीकरण गर्ने एवं ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ आयोजना गरिएको यस प्रदर्शनी भाद्र १५ गते सम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.