इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए
सुन्नुहोस्

काठमाडौं : यमनका हुथी विद्रोहीहरूले इजरायली आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालिब अल-रहावीको मृत्यु भएको दाबी गरेका छन्।

इजरायल प्यालेस्टाइनबीच गाजामा जारी युद्धका दौरान यो उनीहरूको सबैभन्दा ठूलो क्षति भएको हुथी विद्रोहीहरूले बताएका छन्। तर, यो दाबीको स्वतन्त्र स्रोतबाट भने पुष्टि भएको छैन।

समाचार एजेन्सी रोयटर्सले हुथी विद्रोहीहरूको समाचार एजेन्सीलाई उद्धृत गर्दै शनिबार समूहको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल-मशातले यो घोषणा गरेको उल्लेख गरेको छ।

बिहीबार राजधानी सानामा भएको आक्रमणबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। तर, यस आक्रमणमा अन्य केही व्यक्ति घाइते भएको बताइएको छ।

एएफपीका अनुसार अल-रहावीलाई अन्तिमपटक बुधबार सानामा आयोजित एक सार्वजनिक कार्यक्रममा देखिएको थियो।

हुथी विद्रोहीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हामी योद्धा अहमद गालिब नासिर अल-रहावीको निधन भएको घोषणा गर्दछौं। उनका धेरै सहयोगीहरूसहित उनको मृत्यु भएको छ। उनलाई इजरायलले लक्षित गरेको थियो।'

यसअघि इजरायलले सानामा इरान समर्थित हुथी समूहका चीफ अफ स्टाफ, रक्षा मन्त्री र अन्य अधिकारीहरूलाई लक्षित गरेको दाबी गरेको थियो। तर महदी मशातको बयानले मारिएका व्यक्तिहरूमध्ये हुथी विद्रोहीका रक्षा मन्त्री पनि रहेका छन् वा छैनन् भन्ने स्पष्ट भएको छैन।

अहमद अल-रहावी करिब एक वर्षअघि प्रधानमन्त्री बनेका थिए। तर, वास्तविक सत्ता उनका उप-प्रधानमन्त्री मोहम्मद मुफ्ताहको हातमा रहेको बताइन्छ। शनिबार मुफ्ताहलाई प्रधानमन्त्रीको कार्यभार औपचारिक रूपमा जिम्मेवारी दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.