सामसङ ग्यालेक्सी ए १७ फाइभजी सार्वजनिक, प्रिमियम सुविधासहित किफायती मूल्यमा पाइने

सामसङ ग्यालेक्सी ए १७ फाइभजी सार्वजनिक, प्रिमियम सुविधासहित किफायती मूल्यमा पाइने
सुन्नुहोस्

काठमाडौं : सामसङले नेपालमा आफ्नो लोकप्रिय ए सीरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ फाइभजी सार्वजनिक गरेको छ।

सामसङले नेपालमा आफ्नो लोकप्रिय ए सीरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ फाइभजी सार्वजनिक गरेको छ। कम्पनीले हालै सार्वजनिक गरेको उक्त स्मार्ट मोबाइलको मूल्य ३४ हजार ९९९(८.२५६जीबी), ३० हजार ९९९ (८.१२८जीबी) र २८ हजार ९९९ (६.१२८जीबी) रुपैयाँ तोकिएको छ।

ग्यालेक्सी ए १७ फाइभजीमा ६.७९ इन्च सुपर एमोलिड डिस्प्ले ९० हर्ज रिफ्रेस रेटसहित, अझै पातलो र हल्का डिजाइन र लाइनर ग्रुप गरिएको क्यामेरा सेटअप छ। यसमा ५० एमपी ओआइएस मुख्य क्यामेरा, ५ एमबी अल्ट्रा–वाईड र २ एमपी म्याक्रो लेन्स रहेको छ, जसले विभिन्न खिचाइका विकल्प उपलब्ध गराउँछ।

यसमा जेमिनी इंटिग्रेशन, जेमिनी लाइभ र सर्कल टु सर्चजस्ता एआइ टुलहरू प्रयोग गर्न सकिन्छ। जसले दैनिक जीवनलाई अझ सहज र स्मार्ट बनाउने कम्पनीले विश्वास लिएको छ। नयाँ ग्यालेक्सी सार्वजनिक कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सीको नयाँ प्रडक्टले उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेको बताए।

उनी भन्छन्, “ग्यालेक्सी ए १७ फाइभजी मार्फत हामीले नेपालको उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेका छौं। प्रिमियम डिभाइसमा मात्र सीमित नवप्रवर्तनलाई सबैले पाउन सकुन् भन्ने हाम्रो विश्वास हो। ए १७ ले एआइ सञ्चालित प्रविधिलाई हरेक दिनको जीवनमा उपलब्ध गराउने दिशामा नयाँ कदम चालेको छ।”


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.