संयुक्त राष्ट्र संघको व्यवस्था परिवर्तन गर्न प्रधानमन्त्री मोदीले एससीओ देशहरूलाई गरे अपील

संयुक्त राष्ट्र संघको व्यवस्था परिवर्तन गर्न प्रधानमन्त्री मोदीले एससीओ देशहरूलाई गरे अपील
सुन्नुहोस्

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांघाई सहयोग संगठन (SCO) सम्मेलनमा संयुक्त राष्ट्र संघमा भएको व्यवस्था परिवर्तन गर्नुपर्ने माग गरेका छन्। प्रधानमन्त्री मोदीले एससीओ देशहरूलाई संयुक्त राष्ट्र संघ सुधारको लागि अपील गरेका हुन्।

'SCO सदस्यहरूले विश्वव्यापी संस्थाहरूमा सुधारका लागि पारस्परिक सहयोग बढाउन सक्छन्। संयुक्त राष्ट्र संघको ८० औं वार्षिकोत्सवको अवसरमा,हामी सर्वसम्मतिले संयुक्त राष्ट्र संघको सुधारको लागि आह्वान गर्न सक्छौं,'उनले भने।

प्रधानमन्त्री मोदीले ग्लोबल साउथको आकांक्षालाई पुरानो ढाँचामा सीमित राख्नु भावी पुस्ताहरूप्रति गम्भीर अन्याय हुने बताए। उनले भने, 'ग्लोबल साउथको आकांक्षालाई पुरानो ढाँचामा सीमित राख्नु भावी पुस्ताहरूप्रति गम्भीर अन्याय हो। हामी नयाँ पुस्ताका रंगीन सपनाहरूलाई पुरानो शैलीको कालो र सेतो पर्दामा प्रस्तुत गर्न सक्दैनौं। पर्दा परिवर्तन गर्नुपर्छ।'

शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले पहलगाम आक्रमणको उल्लेख गर्दै भारत लामो समयदेखि आतंकवादबाट पीडित रहेको बताए। उनले आफूले पहलगाममा यसको कुरूप अनुहार देखेको जिकिर गरे।

प्रधानमन्त्री मोदीले त्यो आक्रमण भारतको आत्मामाथिको प्रहार मात्र नभइ हरेक देश,मानवतामा विश्वास गर्ने हरेक व्यक्तिलाई खुला चुनौती रहेको दावी गरेका छन्।

उनले यस्तो अवस्थामा  केही देशहरूले आतंकवादलाई गरेको खुला समर्थन आफूहरूलाई  कसरी स्वीकार्य हुनसक्छ ? भन्दै प्रश्न समेत गरेका छन्। प्रधानमन्त्री मोदीले आतंकवाद सम्पूर्ण मानवताको लागि सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.