असल अभ्यासका लागि ११ प्रमुख प्रशासकीय अधिकृतका १३ बुँदे प्रतिबद्धता

असल अभ्यासका लागि ११ प्रमुख प्रशासकीय अधिकृतका १३ बुँदे प्रतिबद्धता
सुन्नुहोस्

स्याङ्जा : जिल्ला समन्वय अधिकारी र स्याङ्जाका ११ वटा प्रमुख प्रशासकीय अधिकृतले असल अभ्यास सम्बन्धी १३ बुँदे घोषणापत्र जारी गरेका छन्। स्याङ्जामा पहिलो पटक यस्तो अभ्यासको प्रारम्भ भएको हो।

छिटो, छरितो प्रशासनिक सेवा प्रवाहसँगै नागरिकमैत्री बनाउने उद्देश्यले जिल्ला समन्वय अधिकारी र यहाँका ११ वटै स्थानीय पालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच जारी घोषणापत्र कार्यान्वयनको प्रतिबद्धता जनाएका हुन्।

स्याङ्जा सदरमुकाममा सोमबार आयोजित कार्यक्रममा समन्वय अधिकारी नवराज बरालले पालिका अनुरूप छलफल र परामर्शपछि उक्त घोषणापत्र जारी भएको बताए। सोही कार्यक्रममा पालिकाले गरेका असल कामका बारेमा सिकाइ आदानप्रदान गरे।  

घोषणापत्रमा वार्षिक नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, दैनिक प्रशासकीय कामलाई नागरिकमैत्री बनाउन नियमित रूपमा समन्वय र सहकार्य गर्ने उल्लेख छ।

आचारसंहिताको पालना, कर्मचारीको क्षमता विकास, त्रैमासिक रूपमा वित्तीय र भौतिक प्रगतिको समीक्षा, बेरुजु न्यूनीकरण, विभागीय प्रमुखले जारी गरेको निर्देशन पूर्ण रूपमा परिपालना, नागरिक गुनासो सम्बोधन गरिने उल्लेख छन्।

यसैगरी जिल्लासभाबाट पारित भएका योजना कार्यान्वयन, निर्वाचन प्रतिनिधिसँग समन्वात्मक सम्बन्ध, विपद्जन्य घटनाको व्यवस्थापन र शीघ्र कार्यान्वयन, सूचनाको हकको उच्च प्राथमिकता, छिटो छरितो सार्वजनिक सेवा प्रवाहका लागि डिजिटल नागरिक बडापत्र, सूचना अधिकारीको नियुक्ति र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने लगायतका कामलाई कार्यान्वयन गरिने बताइएको छ। 

पहिलो पटक भएको असल अभ्यासका कामले सबैको मन जितेको छ। तर, कार्यान्वयन कसरी अघि बढ्छ, हेर्न बाँकी भएको सहभागी एक प्रमुख प्रशासकीय अधिकृतले बताए। स्याङ्जामा ५ नगरपालिकासहित ६ गाउँपालिका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.