अस्पतालमा मुसाले टोकेर दुई नवजात शिशुको मृत्यु

अस्पतालमा मुसाले टोकेर दुई नवजात शिशुको मृत्यु
सुन्नुहोस्

काठमाडौं : भारतको मध्य प्रदेशस्थित सबैभन्दा ठुलो सरकारी अस्पतालमा मुसाले टोकेर दुई नवजात शिशुको मृत्यु भएको घटना बाहिरिएको छ।  

अगस्ट २४ मा इन्दौरको महाराजा यशवंतराव अस्पताल (एमवाईएच)मा १० दिनकी बालिका (गुडिया–सांकेतिक नाम)लाई उनको परिवारले त्यागेको थियो।

अगस्ट ३१ मा गुडियालाई सबैभन्दा सुरक्षित र संवेदनशील वार्ड मानिने एनआईसीयू वार्डमा मुसाले टोकेको र सेप्टेम्बर २ मा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

बुधबार अर्का नवजात शिशु (रोशन–सांकेतिक नाम)को पनि मृत्यु भएको छ। 

तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले नवजात शिशुको मृत्युको कारण विभिन्न रोग भएको बताए।

राज्यको चिकित्सा आयुक्तले यस विषयमा अस्पताललाई सूचना जारी गर्दै स्पष्टीकरण मागेको छ।

अस्पतालले के भन्यो ?
तर अस्पताल प्रशासनले दुवै बच्चाको मृत्यु मुसाको टोकाइबाट नभएको बताएको छ।  अस्पतालले गुडियाको मृत्यु गम्भीर जन्मजात मुटु रोगका कारण भएको र रोशनको मृत्यु संक्रमणका कारण भएको बताएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अशोक यादवले बीबीसीसँग भने,ʻयो एउटा दुखद र संवेदनशील घटना हो। बालिकाको मृत्यु मुसाको टोकाइबाट भएको होइन। उनी पहिले नै गम्भीर जन्मजात रोगबाट पीडित थिइन् र यसै कारण उनको मृत्यु भयो।ʼ

अस्पताल व्यवस्थापनले घटनाका लागि जस्तो स्पष्टीकरण दिए पनि यो घटनाले अस्पतालमा व्याप्त लापरवाहीलाई उजागर गरेको छ।

गुडियाको मृत्युपछि अस्पताल व्यवस्थापनले बीबीसीलाई बताएअनुसार रोशनको टाउकोमा पनि मुसाले टोकेको निशान थियो।

घटनापछि अस्पताल प्रशासनले दुई नर्सिङ अधिकारीलाई निलम्बन गरेको छ भने केही अधिकारीहरूलाई सूचना जारी गरेको छ।
    


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.