पिकअपले ठक्कर दिँदा नाबालकको मृत्यु

पिकअपले ठक्कर दिँदा नाबालकको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङमा पिकअप गाडीले ठक्कर दिँदा नाबालकको मृत्यु भएको छ। बूढीगंगा गाउँपालिका-४ पशुपति टोलमा शुक्रबार दिउँसो दुर्घटना भएको हो। 

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १-०२-०२ च ४६६५ नम्बरको पिकअप गाडीले सडक पार गर्दै गरेका सबहरी पौडेलका छोरा ५ वर्षीय शम्भु पौडेललाई ठक्कर दिएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए। उनका अनुसार पिकअपको ठक्करबाट गम्भीर घाइते भउका नाबालकलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो। 

अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन्। ठक्कर दिने पिकअप र चालक सुनसरीको दुहबी नगरपालिका-११ का २७ वर्षीय दीपनारायण ऋषिदेवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.