कान्तिपुर सिटी कलेजले ल्यायो एआईमा स्नातक तहको डिग्री

कान्तिपुर सिटी कलेजले ल्यायो एआईमा स्नातक तहको डिग्री
सुन्नुहोस्

काठमाडौं : कान्तिपुर सिटी कलेज (केसीसी)मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रम सुरू भएको छ। पूर्वाञ्चल विश्वविद्यालयसँग आबद्ध केसीसीले नेपालकै नयाँ शैक्षिक आवश्यकता र विश्वव्यापी प्रविधि विकासलाई ध्यानमा राखी 'ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स' कार्यक्रम सञ्चालनमा ल्याएको हो।

यो कार्यक्रम एआई विशेषकरणमा केन्द्रित स्नातक तहको डिग्री हो। यसले विद्यार्थीलाई कृत्रिम बुद्धिमत्तासम्बन्धी गहिरो ज्ञान, अनुसन्धान र व्यावहारिक दक्षता प्रदान गर्ने केसीसीले जनाएको छ।

नेपालमा बढ्दो डिजिटल अर्थतन्त्रलाई सहयोग पुर्‍याउने दक्ष जनशक्ति उत्पादन गर्ने, विद्यार्थीलाई विश्व स्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक ज्ञान र सीप प्रदान गर्ने, कृषि, स्वास्थ्य, शिक्षा, वित्त, सञ्चार, यातायात जस्ता क्षेत्रमा एआई आधारित समाधान विकास गर्न सक्ने प्राविधिक विशेषज्ञ तयार गर्ने र उद्यमशीलता र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्य राखेर कार्यक्रम ल्याइएको केसीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त कार्यक्रमको पाठ्यक्रममा मेशिन र डीप लर्निङ, डेटा साइन्स र बिग डाटा एनालिटिक्स, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ, कम्प्युटर भिजन र रोबोटिक्स, स्मार्ट एग्रीकल्चर, हेल्थकेयर  र फिनटेकमा एआई अनुप्रयोगहरू समावेश गरिने केसीसीले जनाएको छ। 

उक्त कार्यक्रममा परियोजनामा आधारित सिकाइ र अन्तर्राष्ट्रिय सम्मेलन र सेमिनारमा सहभागिता अवसर पनि प्रदान गर्ने जनाइएको छ। केसीसीले नेपालमा एआई शिक्षा महत्त्वपूर्ण भइसकेकाले उक्त कार्यक्रम ल्याइएको जनाएको छ।

नेपालमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको लागि एआई मुख्य आधार रहेको बताउँदै केसीसीले स्वास्थ्यमा टेलिमेडिसिन, कृषि क्षेत्रमा स्मार्ट फार्मिङ, वित्त क्षेत्रमा फिनटेक र शिक्षा क्षेत्रमा इ लर्निङ प्रणालीलाई एआई प्रविधिले सक्षम बनाउने केसीसीको भनाइ छ। त्यस्तै युवाहरूलाई विदेश पलायनबाट रोक्दै स्वदेशमै उच्चस्तरीय अध्ययन गर्ने अवसर प्रदान गर्न र नेपालको सामाजिक र आर्थिक समस्यालाई समाधान गर्न विद्यार्थीलाई नवीनतम प्रविधि प्रयोग गर्ने क्षमता विकास गर्न कार्यक्रमको उद्देश्य रहेको बताइएको छ।

null

यसैबीच केसीसीले बंगलादेशको ढाका विश्वविद्यालय, इन्जिनियरिङ र प्रविधि संकायका प्राध्यापक प्रा.डा. मोइनुल इस्लाम जाबेरको विशिष्ट उपस्थितिमा बीटेक इन एआईको मार्गचित्र सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो।

कार्यक्रममा कृत्रिम बुद्धिमत्ताको शैक्षिक दायरा, अनुसन्धान सम्भावना र भविष्यका अवसरहरूको बारेमा विस्तृत छलफल गरिएको केसीसीले जनाएको छ। त्यस्तै नेपालको डिजिटल अर्थतन्त्र र सामाजिक-आर्थिक विकासमा एआईको भूमिकाबारे पनि विचार विमर्श गरिएको केसीसीको भनाइ छ।

यसै वर्षदेखि भर्ना सुरू
केसीसीले यसै शैक्षिक सत्रदेखि कार्यक्रम सुरू गरिएको बताएको छ। त्यसका लागि  विज्ञानमा प्लस टु पास गरेको व्यक्तिले उक्त कार्यक्रममा भर्ना गर्न सक्नेछन्। यस विषयको विस्तृत जानकारी  वेवसाइटमा उपल्बध भएको केसीसीले जनाएको छ। 

केसीसीले सूचना प्रविधि, इन्जिनियरिङ, व्यवस्थापन, सञ्चार-पत्रकारिता लगायतका क्षेत्रमा  विगत २५ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। कलेजले स्नातकदेखि स्नातकोत्तर तहसम्मका कार्यक्रम सञ्चालन गर्दै आएको छ। केसीसीले दस हजारभन्दा बढी  दक्ष जनशक्ति  उत्पादन गरिसकेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.