अपांगता पहिचान तथा परीक्षण शिविरबाट ३६ बालबालिका लाभान्वित
स्याङ्जा : शारीरिक अपांगता पहिचान तथा स्वास्थ्य परीक्षण शिविरबाट स्याङ्जाका ३६ बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन्।
पुतलीबजार नगरपालिकामा भएको शिविरमा आएका १८ वर्ष उमेर समूहसम्मका बालबालिकाले स्वास्थ्य परीक्षण, शारीरिक अपांगता पहिचान, सहायता सामाग्रीको नापजाँच, ड्रेसिङ, शल्यक्रियाका लागि बोलाइएको छ।
शिविरमा आएका मध्ये २८ जना बालबालिकालाई औषधि वितरण गरिएको, ६ जनालाई अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपामा बोलाइएको, ४ जनालाई सहायक सामाग्री नापजाँच गरिएको र एक जनाको ड्रेसिङ गरिएको शिविर संयोजक शालिकराम तिमिल्सिनाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !