बैतडीमा एक युवकले गरे काकीको हत्या

बैतडीमा एक युवकले गरे काकीको हत्या
सुन्नुहोस्

बैतडी : बैतडीमा एक युवकले आफ्नै काकीको बन्चरो प्रहार गरी हत्या गरेका छन् । सिगास गाउँपालिका-२ को पेडेगोदाका ३० वर्षीय यज्ञ सिंह धामीले आफ्नै काकी अन्दाजी ३४ वर्षीया बेलमती धामीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

आइतबार राति करिब ११ बजेको समयमा घरभित्रै गएर यज्ञले बेलमतीको घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । शवको पोष्टमाटमको लागि जिल्ला अस्पताल बैतडी लगिएको छ । हत्या गर्ने यज्ञ सिंह धामीलाई गएराती नै प्रहरीले नियन्त्रणमा लिएको थियो । 

हत्या गर्ने धामी हुलाकका अतिरिक्त कर्मचारी हुन् । कैलालीमा रहेका उनी यही भाद्र १९ गतेमात्रै घर आएका आफन्त जय सिंह धामीले जानकारी दिए । चार दिन पहिले मात्रै घर आएका उनले यसअघि आफ्नै आमालाई समेत कुटपिट गरेको आफन्तले बताएका छन् । 

हत्याको कारण भने खुल्न सकेको छैन । यज्ञको मानसिक अवस्था ठिक नरहेको आफन्त सिंहले बताए । “४ दिन पहिले मात्रै घर आएका थिए, आएकै दिन आफ्नै आमालाई समेत हातपात गरेका हुन्, हिजो त आफ्नै काकीलाई बन्चरोले घाटीमा हिर्काएर घरभित्रै मारिदिए” धामीले भने ।  

एकल महिलासमेत रहेकी बेलमतीका चार छोरी र एक छोरी छन् । योज्ञेन्द्रका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । श्रीमती वैदेशिक रोजगारीमा रहेकी छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.