प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर इन्स्पेक्टर घाइते

प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर इन्स्पेक्टर घाइते
सुन्नुहोस्

विराटनगर : विराटनगरमा जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर नेपाल प्रहरीका इन्स्पेक्टर (प्रहरी निरीक्षक) घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत इन्स्पेक्टर अप्रिल चापागाईं घाइते भएका हुन्। प्रदर्शनकारीले हानेको ढुंगाले उनको अनुहारमा लागेको थियो। अनुहारमा चोट लागेर सामान्य घाइते भएका उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएको छ। 

विराटनगरको रोडशेष चोक भएर प्रदर्शनकारी कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयतर्फ अघि बढ्न खोजेका थिए। प्रदर्शनकारी निषेधित क्षेत्रतर्फ अघि बढ्न थालेपछि प्रहरीले ब्यारिगेट लगाएर रोकेको थियो। प्रहरीले अघि बढ्न नदिएपछि आक्रोसित बनेका प्रदर्शनकारीहरुले ढुंगामुढा गरेका थिए। प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर इन्स्पेक्टर घाइते भएका हुन्। त्यसलगत्तै प्रहरीले सामान्य बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर बनाएको छ।

 
निषेधित क्षेत्रमा प्रवेश गरेर प्रदर्शन गर्ने योजना असफल भएपछि अहिले प्रदर्शनकारीहरु महेन्द्र चोक केन्द्रित भएका छन्। उनीहरुले महेन्द्र चोकमा पनि प्रदर्शन गरिरहेका छन्। जेनजी पुस्ताले विराटनगरमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। 

केही बेरअघि विराटनगरस्थित कोशी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गरेका थिए। प्रदेशसभा सचिवालय परिसर निषेधित क्षेत्र हो। प्रहरीले प्रदेशसभाको प्रवेशद्धार भन्दा केही पर ब्यारिगेट लगाएको थियो। तर, ब्यारिगेट तोडेर प्रदर्शनकारी प्रदेशसभा सचिवालय अगाडि पुगेर प्रदर्शन गरेका थिए। 

अन्य स्थानको भन्दा विराटनगरको प्रदर्शन हालसम्म शान्तिपूर्ण नै छ। प्रदेशसभाको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। विराटनगरको सन्सारी माईस्थानबाट जेनजीले प्रदर्शन सुरु गरेका थिए। 
त्यहाँबाट ट्राफिक चोक, महेन्द्र चोक, रोडशेष चोक, मेन रोड, डाँफे चोकलगायतका स्थानमा प्रदर्शन गरिएको थियो। 

विराटनगर बजारभित्र प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न राजनीतिक दलका नेताविरुद्ध र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र)को पक्षमा नाराबाजी गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.