जेनजी पुस्ताको आन्दोलन

बिर्तामोड नगरपालिकामा तोडफोड, स्थिति तनावग्रस्त

बिर्तामोड नगरपालिकामा तोडफोड, स्थिति तनावग्रस्त
सुन्नुहोस्

झापा : जेनजी प्रदर्शनकारीहरूले बिर्तामोड नगरपालिकामा तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरी नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि दुवै पक्षबीच झडप भएको थियो । 

झडपमा परी केही घाइते भएका छन् । प्रदर्शनकारीहरूले ढुंगामुडा प्रहार गरी नगरपालिकाको नयाँ भवनको धेरै सीसा तोडफोड गरेका छन् भने नगरपालिकाको गेटमा समेत आगजनी गरेको जनाइएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहारसमेत गरेको छ । 

सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने सरकारको निर्णय र  भ्रष्टाचारविरुद्ध जेनजीहरूले काठमाडौंसहित देशभर आन्दोलन सुरू गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.