विराटनगरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, टिपरमा आगजनी

विराटनगरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, टिपरमा आगजनी
सुन्नुहोस्

विराटनगर : विराटनगरमा सोमबार साँझ टिपरको ठक्करबाट स्कुटरमा चालकको मृत्यु भएपछि टिपरमा आगजनी गरिएको छ।

प्रहरीका अनुसार दुर्घटनालगत्तै आक्रोशित भिडले साँझ ५:३५ बजेतिर टिपरमा आगजनी गरेको हो। मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४५१४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको को २७ प ८५३४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो। 

विराटनगर महानगरपालिका–२ तीनपैनीमा दुर्घटना हुँदा स्कुटर चालक मोरङको कटहरी गाउँपालिका–१ जमकोटीका ७६ वर्षीय सुदीशनारायण झाको घटनास्थलमै मृत्यु भएको उनले बताए। तीव्र गतिमा रहेको टिपरले ठक्कर दिएर स्कुटर चालकको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका थिए। आक्रोशित भीडले टिपरमा आगजनी गरेको र आगोले टिपरको अगाडिको भाग जलेको प्रहरीले जनाएको छ। 

प्रहरीले तत्कालै आगो नियन्त्रणमा लिएका कारण टिपर पूर्ण रूपमा जल्न र ठूलो क्षति पाएन। टिपर र चालक मोरङको ग्रामथान गाउँपालिका–७ का ३१ वर्षीय सजन चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.