नयाँ बानेश्वरमा देखिएको दर्दनाक दृश्य (फोटो फिचर)
काठमाडौं : दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा जेनजीको भीड थियो। जो संसद् भवनका पर्खाल फोडेर भित्र छिर्न खोज्दै थियो। कति पर्खाल हाम फालेरभित्र प्रवेश गर्न लागे। यसैक्रममा प्रहरी र जेनजीबीच भीडन्त हुन थाल्यो। आन्दोलनकारीले ढुङ्गामुढा र प्रहरीले जवाफमा गोली चलाए। सडकमा गोली लागेर ढलेकाहरूलाई नजिकै रहेको सिभिल हस्पिटलमा उपचार गर्न एम्बुलेन्सहरू घाइतेलाई बोकेर कुद्न थाल्यो। चिकित्सकहरूलाई उपचार गर्न भ्याइनभ्याइ भयो। सिभिलमा उपचार सम्भव नभएपछि अरु अस्पतालमा रेफर गरिएको थियो।
तस्बिरहरू : राजकरण महतो

































प्रतिक्रिया दिनुहोस !