जेनजी आन्दोलनको असर: विराटनगरका शैक्षिक संस्थामा २ दिन बिदा

जेनजी आन्दोलनको असर: विराटनगरका शैक्षिक संस्थामा २ दिन बिदा
सुन्नुहोस्

विराटनगर : जेनजी पुस्ताको आन्दोलनको असर शैक्षिक संस्थामा देखिएको छ। आन्दोलनका कारण विराटनगरका शैक्षिक संस्था २ दिन बिदा गर्ने निर्णय भएको छ। 

क्याम्पसहरु मंगलबार र बुधबार बिदा गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। सोमबारको प्रदर्शनमा विद्यार्थीहरु शैक्षिक संस्थाकै पोसाकमा सहभागी भएका थिए। प्रजिअ यादवका अनुसार सरोकारवालाहरुको बैठकले शैक्षिक संस्था २ दिन बिदा दिने निर्णय गरेको हो। 

क्याम्पसहरु २ दिन र विद्यालयमा १ दिन बिदा दिने निर्णय भएको उनले बताए। उनका अनुसार विद्यालयहरु मंगलबार मात्रै बिदा हुने छन्। जेनजीको आन्दोलन उग्र बनेपछि प्याब्सन र हिसानलगायत सरोकारवाला निकायले शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएका हुन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.