विराटनगरमा राति १० बजेसम्म कर्फ्यु जारी

विराटनगरमा राति १० बजेसम्म कर्फ्यु जारी
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा कर्फ्यु लगाइएको छ। प्रदर्शन, आन्दोलन र सम्भावित अशान्ति रोक्नलाई भन्दै स्थानीय प्रशासनले मंगलबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। 

जिल्ला सुरक्षा समितिको मंगलबार बिहान बसेको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु लगाउने निर्णय लिएको थियो। कर्फ्यु आदेश जारी गरिएका स्थानमा सभा, जुलुस, धर्ना, प्रदर्शन वा भिडभाड गर्न पूर्ण निषेध गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। 

उनका अनुसार सर्वसाधारणले आवतजावत र सवारीसाधन सञ्चालन भने गर्न पाउने व्यवस्था गरिएको छ। आदेश उल्लंघन गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ। प 

प्रदेशसभा भवन क्षेत्र पूर्वमा नेपाल राष्ट्र बैंकदेखि पश्चिममा कोशी अस्पताल चोक, मुख्यमन्त्री कार्यालयको उत्तरमा रोडशेष चोकदेखि दक्षिणमा जतुवा चोक अर्थात् कोभिड अस्पताल,  मुख्यमन्त्री निवास क्षेत्र उत्तरमा रोडशेषदेखि दक्षिणमा सिँचाइ मन्त्रालयतर्फ जाने बाटोसम्म कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय उत्तरमा शनिहाटदेखि दक्षिणमा टेलिकम मोड र पश्चिममा गोल्छा आँखा अस्पताल, विराटनगर महानगरपालिका क्षेत्र पूर्वमा शनिहाट चोकदेखि उत्तरमा विराटेश्वर मन्दिर, दक्षिणमा गोल्छाचोक, प्रदेश प्रमुखको कार्यालय क्षेत्र पूर्वमा नहर क्षेत्रदेखि पश्चिममा कोशी राजमार्गसम्म कर्फ्यु लगाइएको छ। 

त्यस्तै, प्रदेश प्रमुख निवास क्षेत्र उत्तरमा मदननगरदेखि दक्षिणमा मानगढ खानेपानी र पश्चिममा नहर वरपरको ३ सय मिटरभित्र तथा  एकीकृत भन्सार जाँच चौकी (आईसीपी) वरिपरि ३ सय मिटर क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.