मोरङ कारागारका कैदीबन्दी भगाउन पुग्यो एउटा समूह, प्रहरीले गर्यो हवाई फायर
विराटनगर : विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङका कैदीबन्दी छुटाउने योजनासहित पुगेको समूहलाई प्रहरीले हवाई फायर गरेर तितरबितर पारेको छ ।
कारागारको मुख्य गेटमा करिब २–३ सयको संख्या पुगेकाहरुले नाराबाजी गर्दै कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग राखेका थिए । कारागार बाहिर प्रदर्शन हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
प्रहरीले करिब १५ राउण्डभन्दा बढी हवाई फायर गरेको छ । हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भिड तितरबितर भएको छ ।
प्रतिक्रिया दिनुहोस !