द ओरिएण्टल इन्स्योरेन्स कम्पनी दाबी भुक्तानी गर्न सक्षम
काठमाडौं : द ओरिएण्टल इन्स्योरेन्स कम्पनीले जोखिम मूल्यांकन गरी आवश्यक पुनर्बीमाको व्यवस्था गरेको र कम्पनीको बचत तथा कोष उच्च अवस्थामा रहेको जनाएको छ।
कम्पनीका अनुसार विगतमा महाभूकम्प, बाढी तथा अन्य प्राकृतिक विपद्का कारण परेको दाबीहरू सक्षम रूपमा भुक्तानी गरिएको र, यसपटक पनि दावीहरू अधिकतम हिस्सा पुनर्बीमकबाट भुक्तानी प्राप्त हुने भएकाले कम्पनीले सजिलै दाबी भुक्तानी गर्न सक्ने स्पष्ट गरिएको छ।
कम्पनीले स्रोतका अनुसार, 'दाबी ठूलो देखिए पनि कम्पनीको खुद दायित्व न्यून हुने भएकाले वित्तीय विवरणमा कुनै नकारात्मक असर पर्नेछैन।'
यसैगरी, कम्पनीले ग्राहकलाई समयमै दाबी भुक्तानी गर्दै आएको र विश्वसनीय बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
प्रतिक्रिया दिनुहोस !