संवैधानिक व्यवस्थाबाटै निकास खोज्न राष्ट्रपतिसँग महासंघको अपील

संवैधानिक व्यवस्थाबाटै निकास खोज्न राष्ट्रपतिसँग महासंघको अपील
सुन्नुहोस्

काठमाडौं : नेपाल पत्रकार महासंघले संविधानबमोजिम राष्ट्रपतिबाटै सरकार गठन गरी ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गर्न आह्वान गरेको छ। महासंघकी अध्यक्ष निर्मला शर्माद्वारा जारी विज्ञप्तिमा हालको जटिल परिस्थितिबाट देशलाई निकास दिन  राष्ट्रपति रामचन्द्र पौडेलले सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गरिएको छ। 

महासंघका अनुसार राष्ट्रपतिले वार्ताका लागि पहल गरिसकेका छन् भने अब सरकार गठनको प्रक्रिया पनि राष्ट्रपतिबाटै अगाडि बढ्नुपर्छ।  ‘सुरक्षा निकायले सुरक्षा व्यवस्थापन मात्र गर्ने हो, राजनीतिक समाधानको पहल राष्ट्रपतिबाट हुनुपर्छ,’ महासंघद्वारा जारी अपीलमा भनिएको छ, ‘सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ, नेपाली सेनाको जंगी अड्डाबाट होइन।’ तर, महासंघले आन्दोलनको क्रममा सेनाको भूमिका ‘शान्ति सुरक्षाका दृष्टिकोणले’ सराहनीय भएको स्वीकार गर्दै भनेको छ, ‘राजनीतिक निर्णय सेनाबाट आउनुहुँदैन।’

बिहीबार बिहान केन्द्रीय कमिटि र पूर्व अध्यक्षको भ्युअली बैठकले राष्ट्रपतिलाई संविधानद्वारा तोकिएको जिम्मेवारी पूरा गरी राजनीतिक निकास दिन कडा अपील गरेको छ। सरकारविहीन अवस्थामा मुलुक अलमलिएको उल्लेख गर्दै जतिसक्दो चाँडो संवैधानिक निकास दिन राष्ट्रपतिलाई पत्रकार महासंघले आग्रह गरेको छ । ‘लोकतन्त्र बलियो बनाउने आन्दोलन संवैधानिक प्रक्रियाबाटै अघि बढ्नुपर्छ,’ महासंघले स्पष्ट शब्दमा भनेको छ।

सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत तथा संचारमाध्यममा गरिएको क्षति र तोडफोडप्रति पत्रकार महासंघले गहिरो दुःख प्रकट गरेको छ। आन्दोलनमा भएको जनधनको क्षति र प्रेसमाथिको हमलालाई पत्रकार महासंघले गम्भीर रूपमा लिएको छ ।  लोकतान्त्रिक मूल्यमान्यता र सुशासनको पुनःस्थापनाका लागि सबै सरोकारवालाको ध्यानार्षण गराएको छ।

जेनजी पुस्ताले उठाएको संरचनात्मक सुधार र सुशासनको मागप्रति पत्रकार महासंघले सहमति जनाएको छ। महासंघले भनेको छ, ‘संयम र संवेदनशीलता अपनाई इतिहासको यो निर्णायक मोडमा सबै सरोकारवालाहरू जिम्मेवार बन्नुपर्छ।’
पत्रका महासंघका अनुसार मुलत जेनजीले सुशासनको माग राखेर भएको आन्दोलनमा लाखौं युवाहरु सरिक भएका थिए। यसले लोकतान्त्रिक प्रक्रियालाई नै बलियो बनाउँछ तर सवंैधानिक प्रक्रियाबाट मात्र लोकतन्त्रलाई अझ सुदृढ गर्दै लैजानुको विकल्प छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.