रगताम्य त्यो जुत्ता...

जेन–जीको त्यो बलिदान‍‍‍...

रगताम्य त्यो जुत्ता...

काठमाडौं : राजधानीको सडकमा एउटा रगताम्य जुत्ता अलपत्र परेको थियो । त्यही जुत्ताले आन्दोलनको ऊर्जालाई एकाएक शक्तिमा रूपान्तरण गरिदियो । कुशासन विरुद्धको शान्तिपूर्ण आन्दोलनका क्रममा सोमबार संसद् भवन अगाडिको प्रदर्शन हिंसात्मक बन्यो, जसमा प्रहरीको गोली लागेर एकै दिन कम्तीमा १९ जना युवाले प्राण त्यागे । 

ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभ श्रेष्ठ र कीर्तिपुरका बुद्धि तामाङ लगायतको अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । उनीहरू जस्ता सयौं युवा, देशमा सुशासन, समान अवसर र भ्रष्टाचारमुक्त शासनको माग गर्दै आन्दोलनमा उत्रिएका थिए । प्रहरीको दमनमा परेर उनीहरूको अकालमै ज्यान गयो । रगतको आहालमा नयाँ बानेश्वर डुब्यो । टियर ग्यासको धुवाँले आकाश धुम्म भयो । सुलभको आत्माले अन्तिम श्वास फेर्यो सुशासनको नाममा । यता रगतले लत्तपतिएका घटनास्थलका जुत्ताले इतिहास कोर्दै भन्यो, ‘तिम्रो बलिदानी देशका लागि हो ।’
 

संसद् भवनको गेटमै ढलेका ती सहिदहरूको छेउमै एउटा रगताम्य जुत्ता देखिन्थ्यो—मानौँ त्यो जुत्ताले अझै प्रतिरोधको आवाज बोकी देशलाई प्रश्न गरिरहेजस्तो ! त्यो जुत्ताले केवल खुट्टा मात्र गुमाएको थिएन, बरु श्रीयामजस्ता एउटा पुस्ताको सपना, आवाज र साहस बोकेको थियो । सोमबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको आन्दोलन चरम उत्कर्षमा पुगेको थियो । संसद् भवन अगाडिको सुरक्षा पोस्टमा ढुंगामुढा भएको थियो । त्यसपछि प्रहरीले टियर ग्याँस प्रहार गर्दै नियन्त्रणको प्रयास गर्यो । 

हजारौंको भीडलाई के नियन्त्रण हुन्थ्यो । नियन्त्रणबाहिर गयो । प्रहरीले गोली प्रहार गर्यो । स्थिति झन्–झन् उग्र बन्दै गयो । प्रहरी बन्दुकले आन्दोलनकारीको घुँडा होइन् छाती र टाउको ताक्यो । भट्ट्ट गोली चल्यो । थोरै आकाशमा, धेरै आन्दोलनकारीको छाती र टाउकोतिर । चार घण्टासम्म चलेको भिडन्तपछि सडकहरू रगतले रंगिए । सीभील अस्पतालको आकस्मिक कक्ष घाइतेले भरियो । बेड अभावका कारण भुइँमै राखेर उपचार गरियो । एम्बुलेन्सले नभ्याएपछि मोटरसाइकल र काँधमा बोकेर घटनास्थलबाट घाइतेहरू अस्पताल पु¥याइएका थिए ।कतिको एम्बुलेन्समा ल्याउँदा ल्याउँदै प्राण त्यागे, कतिले उपचारकै क्रममा । 

घाइतेहरूको अस्पतालहरू उपचार चल्दै छ । युवाहरूमा देश प्रेम छचल्किएको थियो । प्रदर्शनकारीहरू नेपाली झन्डा बोकेर सुशासनको लडाईँमा आएका थिए । गोली लागेर ढल्दा पनि झन्डा उनीहरूको शरीरमै थियो । अस्पतालको गेटमा साथीसँग फोन सम्पर्क गर्ने खोज्थें, साथी गुमाएका युवाहरू । भित्र सास फेरिरहेका गम्भीर घाइतेहरूको आवाजले सीभील अस्पताल स्तब्ध थियो । बेलाबेला टियरग्याँस ढिक्का अस्पालको कम्पाउन्डमै खस्थ्यो । साँझ पाँच बजे कतिपय लासहरू सिभिल हस्पिटलको पूर्वी गेटबाट पोस्टमार्टमका लागि पठाइएको बताउँदै थिए उद्धारमा खटिएका महोत्तरीका कृष्णा महतोहरू ।
 
बिहान क्याम्स पढ्दै डे«समा आएका स्कूले विद्यार्थीसहित सडकमा प्रहरीको गोली लागेर एक एक गरी ढलेका थिए । उनीहरूको राष्ट्रिय झण्डामा बेरेर अन्तिम बिदाइ गरियो–गौरवपूर्ण तर, हृदयविदारक । एक आमाले काँख गुमाइन्, बुवाले सपना, परिवारले आधार । तर, देशले फेरि एउटा बलिदान प्राप्त ग¥यो, नयाँ युगको यात्राका लागि ।

आजको ‘जेन–जी’ पुस्ताले केवल नारासम्म सीमित गरेनन् आन्दोलनलाई । जनताा दुःख, व्याप्त असमानता, अन्याय र भ्रष्ट्राचारका विरुद्ध आवाज बुलन्द पार्दै बलिदानी दिए । त्यसले देशको राजनीतिक संरचना हल्लाएका छन् । 

उनीहरूको माग थियो—समान शिक्षा, समान अवसर, भ्रष्टाचारमुक्त शासन र सुशासन । सडकका जुत्ताले सहिदको खुट्टा खोज्दै न्यायको आशा गरिरहेको छ । युवाहरूलाई पे्ररित गर्दै जुत्ताले देशबासीसँग पुकार लगाउँदै छन् होला,— आऊ मलाई तिम्रो खुट्टा पहिराऊ, । देशलाई नयाँ युगतर्फ लैजाऊ...।

जब आम जनता सत्ता र शक्तिबाट आजित बन्छन्, उपचार, शिक्षा र न्यायसम्मबाट वञ्चित हुन्छन्, त्यही पीडाले नयाँ पुस्तालाई सडकमा ल्याउँछ । इतिहास साक्षी छ, देशमा जहानी राणा शासन ढाले र शक्तिशाली पञ्चायती व्यवस्था गयो । राजा पनि जनताले नै फाले । काठमाडौंको पेपसीकोलामा बस्ने २४ वर्षीय बिक्रम राउत भन्छन्, ‘लोकतन्त्रत र गणतन्त्र आयो । तर, नेता र नेताहरूका सन्तानका लागि मात्रै आयो । उनीहरू महँगा गाडी र झिलिमिली जीवन बिताइरहेका छन्, तर श्रमिकका सन्तानहरू विद्यालय पुग्न संघर्ष गरिरहेका छन् । यसै विरुद्धको आन्दोलन हामीले गरेका छौं ।’ जसले पसिना बगाउँदैन त्यसले मिठोमिठो खान्छ, राम्रो लाउँछन् । दिनरात काम गर्नेहरू भोक्कै र उपचारै नपाउने अवस्था रहेको उनी बताउँछन् ।

प्रदर्शनका क्रममा सडकमा छुटेको जुत्ता आज पनि प्रतीक बनेर कथा सुनाइरहेछ—अधुरा सपना, अधुरा संघर्ष र अझै बाँकी बाटोको कथा र व्यथा । त्यो जुत्ता भन्छ–‘सहिदको बलिदान कुनै आन्दोलनको अन्त्य होइन, यो त लोकतन्त्रको आत्मा हो ।’

जेन–जीको आन्दोलन चर्को २४ घण्टामै मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गरेका थिए । आन्दोलनकारी संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत कब्जा गरेर आगो लगाए । मंगलबार रातिदेखि नै नेपाली सेनाले सुरक्षा कमान्ड लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनरतलाई बार्तामा आउन अपिल गरेका छन् । अब देश नयाँ युगतर्फ जाने सम्भावना छ । त्यो कोणबाट जेन–जी, दल र सरोकारवालाहरू बहसमा जुटेका छन् ।

जब–जब सडकमा आवाज उठ्छ, अन्यायविरुद्ध मुठ्ठी उठ्छ, त्यही जुत्ताले फेरि चाल लिन्छ—आन्दोलनकारीको खुट्टामा परिणत भएर । नेपालमा एकपछि अर्को पुस्ताले आफ्नो रगत बगाएर परिवर्तनको बीजारोपण गरेका छन् । लोकतन्त्र प्राप्तिको आन्दोलनदेखि गणतन्त्रसम्म, अनि आज सुशासनको आवाजमा फेरि जेन–जीले ज्यानको आहुति दिए । ‘लडाइँ केवल नीतिगत सुधारका लागि होइन, बरु जनताको अस्तित्व र सम्मानका लागि हो’, उनी भन्छन्, ‘सडकको रगताम्य जुत्ताले जुन सन्देश छोडेको छ, त्यो केवल सहानुभूतिको होइन– प्रतिबद्धताको आह्वान हो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.