नख्खु र महोतरीबाट भागेका थप दुई कैदी सिरहाबाट पक्राउ
सिरहा : भदौँ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा नख्खु कारागार काठमाडौं र जलेश्वर कारागार महोतरीबाट जेल तोडेर भागेका थप दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेका छन् । यसअघि तीन जनालाई पक्राउ गरि सम्बन्धित कारागारमा पठाएका थिए ।
पक्राउ पर्नेमा लहान नगरपालिका-४ रघुनाथपका ५१ वर्षीय रामसेवक यादव र भारतको मधुवनी झंझारपुरका ३८ वर्षीय गोपाल साह रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरेन्द्र कुमार पासवानले जानकारी गराए ।
यादव बैँकिङ कसुरमा काठमाडौं नख्खु कारागार कैद भुक्तान गरिरहेका थिए भने साह जलेश्वर कारागारमा ज्यान मार्ने उद्योग मुद्दामा पूर्वपक्षमा हिरासतमा रहेका थिए । उनीहरूलाई सम्बन्धित कारागारमा पठाउने तयारी भइरहेको प्रहरीको भनाई छ।
प्रतिक्रिया दिनुहोस !