एनपीएलको पहिलो खेलमा टिकटबाट उठेको रकम क्यानले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने

एनपीएलको पहिलो खेलमा टिकटबाट उठेको रकम क्यानले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको पहिलो खेलमा उठेको टिकट रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ।

राष्ट्रिय क्रिकेट टिमको  विदाई गर्ने कार्यक्रममा बोल्दै नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्काले एनपीएलको पहिलो खेलबापत उठेको टिकट रकम प्रधानमन्त्री रात कोषमा जम्मा गर्ने जानकारी दिएका हुन्। ८ वटा एनपीएल टिम र नेपाल क्रिकेट सङ्घले सामूहिकरूपमा यो निर्णय गरेको उनले बताए। 

विदाईका क्रममा नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो खेल सम्पूर्ण टिकट बिक्रीको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले जानकारी दिए। 'हामीले एनपीएलको पहिलो खेलको टिकट बापत उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय लिएका छौं,' सचिव खड्काले भने। 

यससँगै दोस्रो सिजनको एनपीएल देशमा आगामी दिनमा कुनै विषम परिस्थिति नआएको खण्डमा समयमै हुने पनि उनले जानकारी गराए। 'आगामी दिनमा राज्यको अवस्थामा कुनै नराम्रो घटना, असर पर्ने क्रियाकलाप तथा अस्थिरता नआएको खण्डमा समयमै नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण गर्न हामी प्रतिबद्ध छौं,' उनले भने। 

विदाई कार्यक्रमसँगै नेपाल क्रिकेट संघले भदौ २३ र २४ गते जेनजी आन्दोलनमा मृत्यु भएका सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.