मधेश प्रदेशसभा बैठक डाकियो

मधेश प्रदेशसभा बैठक डाकियो
सुन्नुहोस्

जनकपुरधाम : मधेश प्रदेशसभाको बैठक मंगलबारका लागि बोलाइएको छ। जेन–जी आन्दोलनको क्रममा भएको सरकारी संरचना तोडफोड तथा आगजनीपछि ध्वस्त भएको संरचनालाई मर्मत सम्भार गरेर मंगलबारका लागि बैठक बोलाइएको छ।  

सभामुख रामचन्द्र मण्डलको पहलमा शनिवार भएको सर्वदलीय बैठकबाट मंगलबार देखि प्रदेशसभाको बैठक बोलाउने सहमति भएको छ। जेन–जी आन्दोलनमा भएको दमनपछि भदौ २४ गते जनकपुरधाममा भएको प्रदर्शनमा मधेश प्रदेशसभा सचिवालय तथा संसदीय दलको कार्यालय, समितिको कार्यालयमा पनि तोडफोड आगजनी गरिएको थियो।

आगजनी गरिएको प्रदेशसभाको बैठक कक्षलाई मर्मत सम्भार गरेर त्यहीँ बैठक चलाउने तयारी रहेको सभामुख रामचन्द्र मण्डलका प्रमुख स्वकीय सचिव रमेश कुमार मण्डलले जानकारी दिए। आगजनी तथा तोडफोडबाट मधेश प्रदेशसभाको करिब ४० करोड बराबरको क्षतिको अनुमान गरिएको मधेश प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.