हेटौंडाको बस्तिपुरमा सवारी दुर्घटना ३१ जना घाइते , २ जनाको अवस्था गम्भीर

हेटौंडाको बस्तिपुरमा सवारी दुर्घटना ३१ जना घाइते , २ जनाको अवस्था गम्भीर
सुन्नुहोस्

हेटौंडा : पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ स्थित बस्तिपुरमा सवारी दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। 

सोमबार दिउँसो चितवनबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको टायर पड्कन गई अनियन्त्रित भइ हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ८१८० नं. को मालबाहक ट्रकसँग ठक्कर खान जाँदा ट्रक अनियन्त्रित भई काठमाडौंबाट बारा तर्फ आउँदै गरेको ना ७ ख १७७४ नं. को तेल बोक्ने खाली ट्यांकरलाई ठक्कर दिई दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार दुर्घटनामा बस र ट्रकमा सवार ३१ जना घाइते जना घाइते भएका छन्। जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएकाहरूलाई हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचारको लागि पठाइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.