अन्तरिक्ष, न्युक्लियर, बायोटेक्नोलोजी र एआई सम्बन्धमा मन्त्री पुनले बनाए सल्लाहकार समिति
काठमाडौं : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित मन्त्रालयमा पुगेर मन्त्री पुनले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे। अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरिएको मन्त्री पुनले बताए।
उनले समिति बनाएर निष्क्रिय हुने अवस्थाको अन्त्य गर्दै समितिलाई प्रभावकारीरूपमा काम गर्ने वातावरण निर्माण गरिने बताए।
मन्त्री पुनले शिक्षा ऐनका बारेमा विज्ञहरूसँग छलफल र परामर्श गर्ने बताए। विभिन्न क्षेत्रमा देखिएका कुशासन, भ्रष्टाचार अन्त्य गर्न पहल गर्ने उनको भनाइ छ। त्यस्तै उनले मन्त्री क्वाटरमा भन्दा पनि मन्त्रालयमा नै बस्ने व्यवस्था मिलाउन सचिवलाई निर्देशन दिएका थिए।
मन्त्री भएपछि आफूले आविष्कार केन्द्रबाट राजीनामा दिएको उनले बताए। मन्त्री पुनले ६ महिनामा धेरै काम गर्न नसकेपनि प्रभावकारी काम गर्ने बताए।
प्रतिक्रिया दिनुहोस !