काठमाडौंसहित प्रमुख १० सहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्रीको निर्णय

काठमाडौंसहित प्रमुख १० सहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्रीको निर्णय
सुन्नुहोस्

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन्। सोमबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर मन्त्री खरेलले पदभार ग्रहण गरे। 

पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौंसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरे। पदभार ग्रहणपछि मन्त्री खरेलले जेनजीहरूको बलिदानीको जगमा उभिएको सरकार भएकाले यसले युवाहरूको म्यान्डेडलाई पूरा गर्ने प्रतिबद्धता जनाए। भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने युवाहरूको मागमा महत्त्वपूर्ण कदम चाल्नुपर्ने उनको बताए।

उनले आन्दोनलका क्रममा क्षति भएका संरचनाको पुनःनिर्माण गर्न सहज भए पनि जनताको मनमा लागेको चोटको पुनःनिर्माण गर्न त्यति सहज नभएको जिकिर गरे। मन्त्री खरेलले ६ महिनामा खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुनेगरी केही कामहरू ६ महिनामा पक्कै गर्ने दाबी गरे।

सरकारमा रहेका सदस्यहरूको ध्यान देश पहिला, जनता पहिला अनिमात्रै अरू कुरामा हुने उनको भनाइ छ। मन्त्री खरेलले मन्त्रीका तर्फबाट कर्मचारीलाई काम गर्न कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.