भूउपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने मन्त्री सिन्हाको निर्णय

भूउपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने मन्त्री सिन्हाको निर्णय
सुन्नुहोस्

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भूउपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। मंगलबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले भूमि सुधारका कार्यक्रम लागू भएपनि अझै पनि केहि समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न भूउपयोग नियमावली संशोधन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

कित्ताकाट रोकिएका कारणले विकाससम्बन्धी विषयमा कठिन भएकाले सहजीकरण गर्नका लागि नियमावली संशोधनको आवश्यकता देखिएको उनले बताए । त्यस्तै मन्त्री सिन्हाले स्थानीय तहलाई दिइएको अधिकार प्रयाप्त नभएकाले केन्द्रबाट आवश्यक सहजीकरण गर्ने धारणा राखे । उनले भूमि बैंकको स्थापनाका गर्नका लागि प्रारम्भिक कदम चाल्ने निर्णयमा हस्ताक्षर गरिएको जानकारी दिए।

मन्त्री सिन्हाले जेनजी आन्दोलनका क्रममा भएको आगजनीको घटनामा पनि आफ्नो कर्तव्य पूरा गरेको भन्दै कर्मचारीको प्रशंसा गरे । यसअघि मन्त्री सिन्हाले सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।

सिन्हालाई भूमि व्यवस्था, उद्योगका साथै कानुन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.